images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • पोखरा विमानस्थलमा पौने १ अर्ब लागतमा...

पोखरा विमानस्थलमा पौने १ अर्ब लागतमा खुल्यो अत्याधुनिक हवाई इन्धन डिपो

पोखरा विमानस्थलमा पौने १ अर्ब लागतमा खुल्यो अत्याधुनिक हवाई इन्धन डिपो

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एक अर्ब खर्चेर हवाई इन्धन डिपो खुलेको छ ।नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो ।निगमका अनुसार नेपालमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको हो ।

    images
    images

    पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै इन्धन डिपो स्थापनाको प्रक्रिया पनि अघि बढेको थियो । यहाँबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई आवश्यक पर्ने हवाई इन्धन उपलब्ध गराउन निगमले डिपो निर्माण गरेको हो ।विमानस्थल परिसरमा ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ ।१ साउन २०८० मा निर्माण शिलान्यास भई लगत्तै निर्माण थालिएको डिपो दुई वर्षमा सम्पन्न गरिएको हो । पोखराबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै कुल ३ हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने ३ वटा स्टोरेज ट्यांक निर्माण गरिएको छ ।

    डिपो सुरक्षामा उच्च सतर्कता अपनाउन १ हजार २ सय किलोलिटर क्षमताको एउटा पानी ट्यांकी पनि निर्माण सम्पन्न भएको छ ।हवाई इन्धन जस्तो अतिप्रज्वलनशील पदार्थको नियमित कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरा मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङ संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटना निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ ।यस डिपोमा फायर फाइटिङ प्रयोजनका ला २३० हर्सपावर क्षमताको दुइटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प र ८ इन्चको पाइप जडित छ ।

    images
    images

    भण्डारण गृहमा रहेको हवाई इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाई इन्धन भण्डारण गृहमा राख्न आवश्यक मात्रामा प्रडक्ट पम्प तथा लोडिङ/अनलोडिङमा क्रमश: १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको निगमले जनाएको छ । यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामका पाइप अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) मापदण्डमा आधारित रहेको पनि निगमको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend