images

२०८३ आश्विन २० गते

images
images
images

गोरखाको पालुङटारमा ११ करोडको लिची बिक्री

गोरखाको पालुङटारमा ११ करोडको लिची बिक्री

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • सुलीकोट । गोरखाको पालुङटार नगरपालिकामा यस वर्ष लिची बिक्रीबाट ११ करोड १५ लाख रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षभन्दा पनि बढी लिची उत्पादन भएको छ । गत साल लिची उत्पादनबाट ६, ७ र ८ नम्बर वडामा १० करोड २५ लाख रुपियाँ आम्दानी भएको थियो भने यस वर्ष बढेर ११ करोड १५ लाख रुपियाँको कारोबार भएको कृषि ज्ञान केन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईले जानकारी दिनुभयो ।  

    images
    images

    उहाँका अनुसार गोरखामा लिची ३ हजार रोपनी क्षेत्रफल जमिनमा लगाउने गरिएको छ । जसमा गत वर्ष १० करोड २५ लाखको लिची उत्पादन भएकोमा यस वर्ष बढेर ११ करोड १५ लाख लिची उत्पादन भएको वडा अध्यक्ष कुमालले बताउनुभयो । किसानले यस वर्ष लिची उत्पादनसँगै बजार भाउ पनि राम्रो पाएका छन्, लिची किसान ईश्वर श्रेष्ठले भन्नुभयो, “यस वर्ष किसानको घरमा झापा मकवनपुर, चितवन र सुनसरीका व्यापारीहरु फूल फुल्दा देखिनै किसानहरुले लगाएको लिची कति छ त्यसको मूल्य फाईनल गरी अग्रिम पैसा सम्बन्धित किसानलाई बुझाएर जाने गरेको छ ।”

    किसानले लिची उत्पादन बढाउनका लागि रासयनिक मलको प्रयोग गर्दैनन् । प्रत्योक किसानले आफनो घर गोठको गोठेमोल र स्याउला प्रयोग गर्ने गरेका छन् । प्राङ्गरिक मलको प्रयोग गरेर यहाँको किसानले लिची उत्पदान बढाउँदै आएका छन् । जिल्लाको सबैभन्दा बढी लिची उत्पादन हुने ठाउँ पालुङटार नगरपालिकाको ६, ७ र ८ नम्बर वडा रहेकाले अधिकांश वडाबासीहरु लिची खेतीमा आश्रित हुने गरेका छन् । यस क्षेत्र लिचीको पकेट क्षेत्र भएकाले पनि वडा न ७ बाट मात्रै झण्डै ९ करोड र वडा नम्बर ८ बाट १ करोड र वडा ६ बाट झण्डै १ करोड भन्दा बढी रुपियाँको लिची बिक्रि भएको पालुङटार नगरपालिकाले जनाएको छ ।

    images
    images

    कम लगानीमा धेरै आम्दानी भएपछि ६, ७ र ८ वडाको अधिकांश ९० प्रतिशत किसान लिचीमा आश्रित रहेका छन् । पालुङटार नगरपालिका लिची उत्पादन गर्न सबैभन्दा उपयुक्त ठाउँ भएकाले पनि लिचि तर्फ किसानको ध्यान गएको कृषि ज्ञान केनद्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो। पालुङटार नगरपालिकामा अत्यधिक मात्रामा लिची उत्पादन हुने क्षेत्र भएकाले हरेक वर्ष वडा कार्यालयबाट रु ३ लाख बजेट विनियोजन गरी किसानलाई ५० प्रतिशत अनुदानमा लिचिको बिरुवा वितरण गरी किसानको आयआर्जनमा वृद्धि गर्ने काम गरिएको वडा अध्यक्ष अर्जुन कुमालको भनाइ छ । लिचीको बजार व्यवस्थापनको लागि कुनै समस्या नभएपछि पालुङटारका ३ वडाका किसानहरुले बाँझो रहेको जमिनमा लिचीको बिरुवा किनेर धमाधम लिचीको बिरुवा लगाउन थालेको पालुङटार ७ का स्थानीय किसान कमल गुरुङले बताउनुभयो ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend