images

२०८३ आश्विन १६ गते

images
images
images

ललितपुर महानगरले स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने

ललितपुर महानगरले स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौँ । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । ललितपुर महानगर र राष्ट्रिय बिमा बोर्डबिच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारी पत्रमा महानगरले महानगरवासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने उल्लेख गरेको छ । समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको थियो ।  

    images
    images

     यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोवास गर्ने एकल महिला र  टोल स्वास्थ्य उत्प्रेरकको सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको  छ ।

     ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षअघिबाट सुरु गरेको हो । हाल बिमितले यल स्वास्थ्य केन्द्र मार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् । 

    images
    images

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले महानगरवासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु हो । ’महर्जनका अनुसार  महानगरले कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको छ । कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा  अक्सिजन प्लान्टसमेत जडान गरेको नगर प्रमुख  बताउनुहुन्छ ।  

    पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिका लागि समेत महानगरले सहयोग गरेको थियो । उहाँले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो ।  महानगर प्रवक्ता राजु महर्जनले महानगरवासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गर्नुभयो ।  

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्त्वपूर्ण निर्णय भएको बताउनुभयो । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाईमा सँगै भएको बताउनुभयो ।  राष्ट्रिय बिमा बोर्डका रघुराज काफ्लेले बिमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बिमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘यो अन्य सात सय ५२ स्थानीय तहका लागि अनुकरणीय काम हो  ’

     विभिन्न क्षेत्रमा बिमा कार्यक्रमलाई कमजोर बनाउन खोजिए पनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताउनुभयो । बिमा कार्यक्रम भुइँ तहका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । बिमा कार्यक्रमका थुप्रै आरोह अवरोह भएको बताउँदै त्यसलाई पन्छाउँदै अघि बढेको उहाँले प्रष्ट पार्नुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend