images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सन् नेपाल लाइफ इन्स्योरेन्सद्वारा विशेष प्रशिक्षण...

सन् नेपाल लाइफ इन्स्योरेन्सद्वारा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

सन् नेपाल लाइफ इन्स्योरेन्सद्वारा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एएमएल सीएफटी सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ तथा कम्पनीका विभिन्न विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू तथा वरिष्ठ व्यवस्थापकको उपस्थितिमा संचालन भएको थियो र सो कार्यक्रममा कानुनी विभाग प्रमुख सुवास भण्डारीले एएमएल सम्बन्धी प्रशिक्षण दिएका थिए।

    images
    images

    कार्यक्रममा विद्यमान ए एम एल सीएफटी ऐन, त्यसका प्रमुख प्रावधानहरू, रिपोर्टिङ दायित्व, फाइनान्सियल इन्फर्मेसन यूनिट (एफआईयू)को भूमिका, र बीमा कम्पनीमा लागू हुने नीतिगत तथा व्यवहारिक पक्षहरूबारे व्यापक छलफल गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीले यस्तो किसिमका तालिम कार्यक्रममार्फत पारदर्शिता, उत्तरदायित्व र कानुनी अनुपालनमा प्रतिबद्धता जनाउँदै आएको छ। ब्रान्ड विभाग लगायत सबै विभागले नियमनकारी निकायको मापदण्ड अनुसार कार्य गर्नुपर्ने विषयमा प्रशिक्षणले स्पष्ट दिशा दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend