images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • पाँच जलविद्युत् कम्पनी र राष्ट्रिय...

पाँच जलविद्युत् कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीबीच ‘ग्रिड कनेक्सन’ सम्झौता

पाँच जलविद्युत् कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीबीच ‘ग्रिड कनेक्सन’ सम्झौता

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं।  राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रिड कनेक्सनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा ग्रिड कनेक्सनसम्बन्धी सम्झौता पत्रमा  हस्ताक्षर भएको हो ।

    images
    images

    सम्झौता पत्रमा राष्ट्रिय ग्रिड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर सागर श्रेष्ठ र एससी पावर कम्पनी प्रालि, सुर्मा सरोबर हाइड्रोपावर प्रालि, माता मालिका इनर्जी मल्टिपल प्रालि, सूर्य होल्डिङ प्रालि र हिमजल हाइड्रोपावर प्रालिका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

    एससी पावर कम्पनी पालिद्वारा प्रवर्द्धन गरिएको तिला–१ जलविद्युत् आयोजना (४४० मेगावाट, कालीकोट), सुर्मा सरोबर हाइड्रोपावर प्रालिद्वारा महाकाली सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजना (५४ मेगावाट, बझाङ), माता मालिका इनर्जी मल्टिपल प्रालिद्वारा मालुमेला सेतीनदी पिकिङ हाइड्रोपावर आयोजना (७२ मेगावाट, बझाङ), सूर्य होल्डिङ प्राइभेट लिमिटेडद्वारा अपर मेवा खोला ‘ए’ हाइड्रोपावर आयोजना (३१.९२ मेगावाट, ताप्लेजुङ) र हिमजल हाइड्रोपावर प्रालिद्वारा सुपर दरौदी हाइड्रोपावर प्रोजेक्ट (९.१४३ मेगावाट, गोरखा) रहेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend