images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • राष्ट्रिय जीवन बीमाको १४५.४५ प्रतिशतले बढ्यो...

राष्ट्रिय जीवन बीमाको १४५.४५ प्रतिशतले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

राष्ट्रिय जीवन बीमाको १४५.४५ प्रतिशतले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

images
images
बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०.८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८०.८१ को चौथो त्रैमाससम्ममा १५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९.८० को तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १४५.४५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    कम्पनीको जीवन बीमा कोषको आकार पनि १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा यस्तो बीमा कोष ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० ७८।६१ रुपैयाँले बढेर ११३।२० रुपैयाँ पुगेको छ ।

    images
    images

    गत वर्षको असार मसान्तसम्म कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो बीमाशुल्क आर्जन साढे ८ अर्ब मात्रै थियो । यससँगै कम्पनीको कुल दाबी भुक्तानी पनि २२.४८ प्रतिशतले वृद्धि भएर ५ अर्ब २५ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

    कुल चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ फण्डको आकार ३१.७० प्रतिशतले वृद्धि भएर ६३ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले वृद्धि गरेको छ ।

    कम्पनीले संस्थागत सुधारका लागि ६.१६ प्रतिशतले कुल खर्च वृद्धि गरेको छ । कर्जा तथा लगानीबाट हुने आम्दानीमा समेत ३४ प्रतिशतको वृद्धि देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend