images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • असार २७ गते बुक क्लोज गर्नेः...

असार २७ गते बुक क्लोज गर्नेः खानी खोला हाइड्रोपावर

असार २७ गते बुक क्लोज गर्नेः खानी खोला हाइड्रोपावर

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौँः खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले निकट भविष्यमा निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका लागि यही असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
    बुक क्लोजको आधारमा असार २६ गते बिहीबार सम्म सेयर खरीद गरेका सेयरधनीहरूले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले आफ्नो चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

    images
    images

    यसै अनुसार कम्पनीले अब छिट्टै ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर १ः१ को अनुपात अर्थात् १ कित्ता साधारण सेयर हुनेले १ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउने गरी निष्कासन गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend