काठमाडौंः नेपाल धितोपत्र बोर्डले नियम उल्लंघन गरेको भन्दै २ ब्रोकर कम्पनीलाई कारबाही गरी नगद जरिवाना तिराएको छ।
बोर्डका अनुसार काठमाडौं नक्सालस्थित एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) र नयाँ बानेश्वरस्थित बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) ले आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण तोकिएको समयमा पेश नगरेका कारण जरिवाना गरिएको हो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम दुवै ब्रोकर कम्पनीलाई पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना गरिएको बोर्डले जानकारी दिएको छ ।




.gif)





