images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयर...

तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला

तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौंः तेह्रथुम पावर कम्पनीले आज सोमबारबाट हकप्रद सेयर बिक्री खुला गरेको छ।

    images
    images

    नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो । यो सँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गर्न लागेको हो। यो हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

    यो हकप्रदमा सेयरधनीहरुले साउन ४ गतेसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

    images
    images

    यसैगरी धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेष्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालय, नबिल बैंकको तेह्रथुममा रहेका शाखाहरु छत्तर, म्याङ्लुङ, फेदाप र संक्रान्तिबजार तथा तेह्रथुमको मेन्छयाममा रहेको कुमारी बैंकको शाखाबाट पनि आवेदन दिन सक्नेछन्। कम्पनीले सेयर निष्कासन प्रयोजनार्थ गत जेठ ५ गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend