images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • नेपालले साढे ६ अर्ब बढी मूल्य...

नेपालले साढे ६ अर्ब बढी मूल्य बराबरको आलु आयात

नेपालले साढे ६ अर्ब बढी मूल्य बराबरको आलु आयात

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौंः चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो ११ महिनामा नेपालले साढे ६ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको आलु आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार, साउन देखि जेठ सम्मको अवधिमा नेपालले भारत, बंगलादेश र चीनबाट २ लाख ७० हजार २६ टन आलु आयात गरेको हो।

    images
    images

    यो अवधिमा कुल आयात रकम ६ अर्ब ६६ करोड ८५ लाख ७२ हजार रुपैयाँ पुगेको छ। त्यसमा सबैभन्दा बढी आलु भारतबाट आयात गरिएको छ। भारतबाट मात्रै ६ अर्ब ३५ करोड १४ लाख ४६ हजार रुपैयाँ बराबरको २ लाख ५० हजार ९ सय ९७ टन आलु नेपाल भित्रिएको छ।

    बंगलादेश दोस्रो ठूलो स्रोत देश बनेको छ, जहाँबाट ३१ करोड ४९ लाख ७० हजार रुपैयाँको १८ हजार ९६३ टन आलु नेपाल आयात भएको छ। यस्तै, चीनबाट ६६ टन आलु आयात गर्दा २१ लाख ५६ हजार रुपैयाँ खर्चिएको छ।

    images
    images

    तुलनात्मक रूपमा हेर्दा, गत आर्थिक वर्ष २०८०।८१ को समान ११ महिनामा नेपालले २ लाख ४० हजार १ सय ९९ टन आलु आयात गरेको थियो, जसको मूल्य ६ अर्ब ७ करोड ५२ लाख ७७ हजार रुपैयाँ थियो। यस हिसाबले चालु आर्थिक वर्षको सोही अवधिमा २९ हजार ८२७ टन बढी आलु आयात भएको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend