images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • ११ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय...

११ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब ५४ अर्ब

११ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब ५४ अर्ब

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौंः जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो ११ महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले जेठ मसान्त सम्ममा १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।

    images
    images

    सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ जसले मात्र ४१ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको छ भने तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ।

    चौथो स्थानमा रहेको हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ भने सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब रुपैयाँ, एशियन लाइफले ७ अर्ब ८६ करोड रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ३२ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड रुपैयाँ र मेट लाइफले ५ अर्ब ५४ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्।

    images
    images

    त्यस्तैगरी आइएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend