images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट...

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

images
images
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौं, १५ असार । वर्षौंदेखिको बहस र विवादमा रहेको संघीय निजामती सेवा विधेयक अन्ततः प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।

    images
    images

    आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गर्नका लागि गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

    विधेयक पारित हुनुअघि सदनमा दफावार छलफल भएको थियो, जसमा सत्तापक्ष र प्रतिपक्षका दर्जनौं सांसदहरूले भाग लिएका थिए। छलफलमा पूर्वमन्त्रीहरू जनार्दन शर्मा, अमनलाल मोदी, रेखा शर्मा, प्रकाश ज्वालादेखि चित्रबहादुर केसी, अमरेशकुमार सिंह, प्रेम सुवालसम्मका सांसदहरूले विधेयकका प्रावधानमाथि आफ्नो धारणा राखेका थिए।

    images
    images

    लामो समयदेखि संसदीय समितिमा अड्किएको यो विधेयकले कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याउने लगायतका महत्त्वपूर्ण प्रावधानहरू समेटेको छ।

    अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाबाट पनि पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यसले कानुनको रूप लिनेछ र संघीय प्रशासन सञ्चालनको लामो समयदेखिको अन्योल अन्त्य हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend