काठमाडौं, १५ असार । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.०९ अंकले बढेर २,६२५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब १२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.५७ प्रतिशतका दरले गुमाएका छन् ।




.gif)





