images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • राष्ट्रिय धान दिवसः गरिमा, चुनौती र...

राष्ट्रिय धान दिवसः गरिमा, चुनौती र अवसर

राष्ट्रिय धान दिवसः गरिमा, चुनौती र अवसर

images
images
शनिवार, आषाढ १४ २०८२
शनिवार, आषाढ १४ २०८२
  • विश्व मानचित्रमा लगभग २७०–२९० उत्तरी अक्षांश र ८००–८४० पूर्वी देशान्तरमा फैलिएर रहेको राष्ट्र नेपाल इतिहासको विविध कालमा एक शान्त, सभ्य र स्वतन्त्र अधिराज्यको रुपमा प्रख्यात रहेको पाईन्छ । संसारभरमा नै लगभग सबैभन्दा होचो जमिन झापा जिल्लाको कचनाबारी देखि सबैभन्दा अग्लो उच्च सगरमाथाको चुचुरो सम्म फैलिएको यस हिमाली राज्यको आफ्नै अटल स्वाभिमान, पहिचान र विशाल प्राकृतिक तथा जैविक विविधता रहेको पाईन्छ । कृषि, पर्यटन, पर्यापर्यटन, जडिबुटि, जलस्रोत, जनावर, जराजुरी, जलवायू आदिको धनि देश नेपाल दक्ष्य, अदक्ष्य तथा अर्धदक्ष्य जनशक्ति अभावमा रहेको अति गरीब राष्ट्रको सूचिबाट भर्खरै मात्रै बामे सर्न खोजेको जस्तो देखिन्छ । सन् १९७०–८० को दशकमा दक्षिण कोरिया तथा अन्य राष्ट्रहरुमा धान लगायत अन्य मुख्य बालीहरु निर्यात गर्ने, स–साना कुटिर र मझौला उधोग मात्र नभै विविध बालीजन्य कच्चा पदार्थमा आधारित चिनी, जुट, कपडा, चुरोट, कागज जस्ता ठूला–ठूला कारखानाबाट आफ्नो खाद्यसुरक्षा पूर्ति गर्ने र देशभित्र नै रोजगारी सिर्जना गरी स्वआत्मनिर्भर देश २१ औ शाताब्दीको शुरुवातमा आईपुग्दा खरौबौ रकम बराबरको कृषिजन्य वस्तु निर्यात गर्नुपर्ने र राष्ट्रका होनहार यूवाहरुलाई रोजगारी प्राप्त गर्ने उद्देश्यले खाडी मूलुकमा पठाउन बाध्यात्मक अवस्थामा आइपुग्नु हामी सबै नेपालीहरुको लागि दुःखान्त विषय बन्न गएको छ । 
    धानबाली, अषाढ १५ र यसको महत्व
    धान नेपालको मुख्य खाद्यान्न बाली मानिन्छ । सदियौ देखि यसको खेतीबाली नेपालमा हुदैँ आएको छ । हरेक वर्ष अषाढ १५ गते नेपाल सरकाले राष्ट्रिय धान दिवसको रुपमा राष्ट्रिय चाडपर्व मान्ने ऐतिहासिक प्रचलन पनि चलाइरहेको छ । माना खाई मुरी उब्जाउने पर्वको रुपमा मनाउने अषाढ १५ लाई यस वर्ष “धानवालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ २२औ राष्ट्रिय कार्यक्रम आयोजना गरी यस पर्वलाई मनाउने उदघोस गरी सकेको छ । यस परिबेशमा सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय धान दिवश, यसको गरीमा, चुनौती तथा अवसर झल्काउने ढंगबाट यस लेखमा केही वस्तुगत विश्लेषण गरिएको छ । 
    नेपालका ७ वटा प्रदेशहरु मध्ये कोशी, लुम्बिनी, बागमती तथा मधेश प्रदेशमा सबैभन्दा धैरै खेतीयोग्य जमिनले ढाकेको पाईन्छ भने कर्णाली प्रदेशको जुम्ला र गण्डकी प्रदेशको  मनाङसम्म पनि धान खेतीको प्रचुर संभाव्यता रहेको रेकर्ड पाइन्छ । नेपालको राष्ट्रिय आय र कूल ग्राहस्र्थ उत्पादनमा लगभग एक तिहाइ हिस्सा ओगटने धानवाली हिजो, आज र भोलि पनि उत्तिकै संभावनायुक्त बालीको रुपमा नेपालीहरुको जीबन भएर रहेको पाइन्छ । संसारभरी खेती गरिने धानजातीका विविध जातहरु मध्ये Oryza sativa L अन्तर्गत Indica / Japonica प्रजाति नेपालमा बढी क्षेत्रफलमा लगाउने गरिन्छ । पूर्वी नेपाल, दार्जलिङ तथा सिक्किमललाई धानको उत्पत्ति स्थल नै मानिन्छ र यसको ज्वालन्त उदाहरण उक्त क्षेत्रमा पाईने Oryza ruffipogen तथा O. nivera जस्ता प्रजातिका धानको उपस्थितिले पनि जनाँउदछ। 
    नेपालमा धान खेती व्यवस्थापन पद्द्ती
    पाखो वारीमा गरिने घैया तथा खेतमा लगाउने सालीधान देखि तराईमा लगाइने बासमती, पोखरेली जेठोबुढो, मनाङको छोमरोङ तथा जुम्लाको मार्सी धानसम्मको विविधता विच नेपाल सरकार अन्तर्गत कृषि अनुसन्धान परिषदबाट उमोचित लगभग ७०–८० जातको धानहरुको नेपालको हरेक सामरीक भूगोल धानखेतीका लागि संभाव्यता बोकेको ठाँउ हुनसक्ने प्रमाणित गर्दछ । अषाढमा लगाउने मुख्य धानवालीले लगभग ८०– ९०% क्षेत्रफल ओगटेको नेपालको वर्तमान परिवेशमा चैत्रमा लगाइने चैते धान तथा मंसिर–पौषमा लगाइने बोरो धानको नयाँ–नयाँ अनुसन्धान, जातीय विकास, प्रविधि विकास, त्यसको संरचना र सम्वर्दन तथा नवपर्वतन जस्ता कार्यहरुले मात्र हाल खड्किरहेको खाद्यय सुरक्षा र संप्रभुता अभाव हटाउन सक्ने देखिन्छ । यसै विषयलाई हृद्ङ्म गरी संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत जोन, सुपरजोनहरु कयम गराई कृषि औजारिकरण र सघन धान खेतीतर्फ व्यवसायिक रुपमा नै नेपाल सरकारले कार्यक्रम अघि बढाईरहेको पाइन्छ । सोहौँ पञ्चबर्षिय योजना तथा आगामी वर्ष २०८२।०८३ को लागि पारित आर्थिक बजेटमा समेत चैते धान विशिष्टिकृत योजना कायम रहनु सुखद पक्ष हो । धानवाली उत्पादनले मात्रै रासायनिक मल आबश्यकताको झन्डै दुई तिहाइ हिस्सा राख्ने भएको हुदाँ खरबौँ रकमको रासायनिक मल खरिदमा सघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लागि परिराखेको छ । देशभित्र नै प्राङ्गारिक तथा रासायनिकमल उद्योग सञ्चालनार्थ केही सकारात्मक कदमहरु पनि अघि बढाइएको छ । हामी नेपालीहरुले यथाशिघ्र यसको शुरुवाती विकासको कामना गर्दा उपयुक्त नै हुन्छ । 
    नेपालमा धान उत्पादन बढाउने उपायहरु
    यी सबै खालका कार्यहरु जस्तै राष्ट्रिय धान दिवस मात्र मनाउन, पुरानो ढंगबाट गरिने धान खेती प्रविधि अनुशरण मात्र गरिरहने, भारतीय बजारको धान भित्राउने संस्कृतिको अन्त्य नहुने तथा गाँउ पहाडका खेतीयोग्य जमीनमा कृषिको कुनै भविष्य नदेखी लाखौँ युवाहरुको विदेश पलायन हुने प्रवृतिले नेपालमा धानखेती लगायत अन्य कृषि जन्य व्यवस्थाको प्रस्फुटिकरण हुन सक्ने देखिदैन । यसका लागि धानखेती प्रर्वधनका कृषि योजना राष्ट्रिय, प्रादेशिक तथा स्थानीय निकायहरुको समन्वय र एकक्षेत्र कार्यनीति र रणनीति तथा आवश्यक न्यूनतम पूर्वाधारको शिलन्यास, सरकारी तथा गैह् सरकारी संस्थाहरुले पूरा गराउनु पर्दछ । 
    धानखेती प्रविधि विस्तारमा नेपाल सरकार मातहातका कृषि विश्वविद्यालय, कृषि अनुसन्धान परिषद, संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयहरुको एकिकृत अगुवाईमा नीतिगत कार्यक्रम लागू गरिनुपर्दछ । विश्वव्यापी अनुसन्धान नतिजा नियाल्दा १५.ण् ट र हे सम्म धान खेतीको उत्पादकत्व हासिल गर्दा नेपालमा जम्मा ३.८ टरहे मात्र उत्पादकत्व क्षमता अभिवृदि गर्नु बाकी मुख्य कार्य हुनेछ । यसका लागि उन्नत विउ विजनको अधिकतम प्रयोग, धान लगाउने समय र तरीकामा व्यापक परिवर्तन, राष्ट्रिय रुपमा रहेको एउटै मलखाद सिफारिस मात्रालाई न्यूनतम प्रादेशिक तहसम्मको सिफारिश दरको प्रयोग, वाली प्रक्षेपण मोडेल तथा सटिकीकरण कृषि पद्धतिको कृषकस्तर सम्म पहुँच र उपलब्धताको खाँचो खटकिएको छ । भारत जस्ता विकसित देशहरुले वायोटेक्नोलोजी विधाको विकास गरी उत्पादनमा ज्यामितिय बृद्धि हासिल गर्न सफल भएका छन् । नेपालमा वैज्ञानिकहरुले विकास गरेका यस्ता प्रविधिलाई कृषक स्तरसम्म नै पुप्याउनु पर्दछ । 
    धान खेती, एकल रुपमा वा धान–गहुँ, धान–मकै तथा धान–मुसुरो जस्तो वाली चक्रमा लगाँउदा खाद्यतत्व व्यवस्थापन, सिचाँईयुक्त पानी, झारपात तथा रोग व्यवस्थापन, मूल्यश्रृखला अभिवृद्धि, विशिष्ट सघनतायुक्त चैते तथा बोरोधान खेती विस्तार, कोशेबाली तथा हरियोमल व्यवस्थापन, आदि उपयुक्त प्रविधि हुनसक्दछ । धानवाली खनजोतमा थुप्रै खर्च हुने र यसले माटोको भौतिक, रासायनिक र जैविक गुणमा समेत ह्रास पुप्याउन जाने हुनाले छरुवा धान खेती प्रविधि.उपयुक्त प्रबिधी हुनसक्दछ । नेपाल कृषि अनुसन्धान परिषद, नेपाली कृषि विश्वविद्यालयहरु, विश्वविद्यालय, अनुदान आयोग तथा अन्य थुप्रै गैह्सरकारी निकायहरुले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा थुप्रै अनुसन्धान पूरा गरेका छन् तर ती नतिजाहरु कृषि मैत्री भाषामा अनुवाद गरी संघीय, प्रादेशिक तथा स्थानयिय सरकारी निकाय मार्फत कृषक तालिम पुप्याउनु अझै फलदायी कार्यहुनेछ । लगभग ९०% एसियाका जनतारुको मुख्य खाद्यान्नवाली धान रहँदा पनि लगभग ५% मात्रै अन्तराष्ट्रिय टेडले ओगटेको परिवेशमा गहुँ र मकै जस्तै यसको मूख्यश्रृखला अभिवृद्धि र बजारीकरणमा नेपाल सरकारले नवर्पतनकारी योजना तर्जुमा र कार्यान्वयन गर्नुपर्दछ । यसले धानवाली क्षेत्रफल र उत्पादन विस्तार तथा उत्पादकत्व बृद्धिमा सह्रानिय भूमिका खेल्ने छ । 
    सारांश 
    नेपालको दोस्रो त्रि–वर्षिय योजना देखि नै नेपालको तराई क्षेत्रलाई अन्न भण्डारण, मध्यपहाडी क्षेत्रलाई वागवानी तथा उच्च हिमाली क्षेत्रलाई पशुपालन तथा जडिबुटी खेती व्यवसायमा बिकास गरी उत्तर–दक्षिण राजमार्ग र भू–राजनैतिक बनावट मिलाई नेपालको प्रादेशिक तथा स्थानीय विकासमा लाग्नु अत्यन्त लाभदायक विषय हुनसक्दछ । लगभग ७ लाख मे. ट. रासायनिक मल खरिद आवश्यकता पूरा गर्न हाल राष्ट्रिय पूँजी अभाव हुने देखिएको, धान खेतीले मात्र यसको लगभग दुई तिहाइ हिस्सा ओगट्ने परिवेशमा मल व्यवस्थापन मोडलको विकास र विस्तार गरी प्रादेशिक मलदर सिफारिस गर्न सक्दा यूरिया जन्यमलको बचत हुने र लगभग १५–२०% रासायनिक मलको मुल्य कटौती हुने देखिन्छ । कृषि इच्छाइएको व्यवसाय बनाउन र यसलाई नवपर्वतनकारी अनुसन्धान र नीतिमा जोडी रोजगारमूलक व्यवसायिक कृषिमा नेपालको कृषि देशलाई जोड्नु पर्दछ । कृषि अन्तर्गत धान नेपालको पहिलो वाली रहेको र लगभग ५९ लाख मे.ट. हुँदा समेत लगभग ५० अरव रुपैया बराबरको धान चामल खरीद रोकी धान चामलमा अत्मनिर्भर राज्य निर्माणमा २०८२ को धान दिवश ले सफलता पाओस । 
    प्रा. डा. लाल प्रसाद अंगाई, 
    बाली विज्ञ, कृ.प.वि.अ.सं. कीर्तिपुर

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend