images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • यस साता नेप्से परिसूचक ३३.१७ अंकले...

यस साता नेप्से परिसूचक ३३.१७ अंकले घट्यो, के होला अबको साता ?

यस साता नेप्से परिसूचक ३३.१७ अंकले घट्यो, के होला अबको साता ?

images
images
शनिवार, आषाढ १४ २०८२
शनिवार, आषाढ १४ २०८२
  • काठमाडौंः यस साता नेप्से परिसूचक ३३.१७ अंकले घटेर २५९५.७४ विन्दुमा आईपुगेको छ। गत साता २६२८.९१ विन्दुमा बन्द भएको नेप्से यो साता ३३.१७ अंकले घटेर २५९५.७४ को विन्दुमा पुगेको हो ।

    images
    images

    यस साता सबै कारोबार दिन बजार खुल्यो । जस मध्ये १ कारोबार दिन बजार बढ्दा चार कारोबार दिन बजारमा गिरावट आएको थियो । 

    यस साता औसतमा दैनिक ७ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ९ अर्ब १४ करोडको, सोमबार ६ अर्ब ४७ करोडको कारोबार भयो । मंगलबार कारोबार ५ अर्ब ७६ करोडमा झरेको थियो । यस्तै बुधबार ५ अर्ब ९४ करोड र बिहीबार ७ अर्ब ७८ करोडको कारोबार भयो ।

    images
    images

    साताको पहिलो कारोबार दिन नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो ।

    साताको दोस्रो कारोबार दिन नेप्से ४.७८ अंकले बढेर २६००.७६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो ।

    साताको तेस्रो कारोबार दिन नेप्से ०.२२ अंकले घटेर २६००.५३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।

    साताको चौथो कारोबार दिन नेप्से ०.३३ अंकले घटेर २६००.२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको थियो । 

    साताको अन्तिम कारोबार दिन नेप्से ४.४५ अंकले घटेर २५९५.७४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको थियो ।

    यो साता नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक घट्यो भने के होला अबको साता ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend