images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • हिमाली जिल्ला हुम्लामा ८५ प्रतिशत रोपाइँ...

हिमाली जिल्ला हुम्लामा ८५ प्रतिशत रोपाइँ सम्पन्न

हिमाली जिल्ला हुम्लामा ८५ प्रतिशत रोपाइँ सम्पन्न

images
images
शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौँः हुम्ला हिमाली जिल्ला हुम्लामा ८५ प्रतिशत मार्सी धान रोपाइँ सम्पन्न भएको छ। खडेरी परेको भएपनि सिंचाई सुविधा पुगेको कारण धान रोपाइँ गर्न सम्ंभव भएको हो।

    images
    images

    सर्केगार्ड गाउँपालिका– ३ का किसान दाने फडेराले आफ्नो वडामा धान रोपाइँ कार्य पुरा भएको बताए। हाल सम्म बर्षा नभएको भएपनि परम्परागत कुलोबाट र नहर निर्माण गरि सिंचाई सुबिधा पुगेको कारण रोपाइँ कार्य सम्पन्न गर्न सहज भएको उनले बताए। यता सबै भन्दा मार्सी धान बढी फल्ने चङ्खेली गाउँपालिका– २ को दार्म जिउलामा ९० प्रतिशत रोपाइँ कार्य पुरा भएको किसान रामभक्त जैसीको भनाई छ। गतवर्ष भन्दा केही ढिलो भएको भएपनि असार दोस्रो हप्तासम्म रोपाइँ सम्पन्न हुनेछ।

    यता खार्पुनाथ गाउँपलिकामा भने रोपाइँ कार्य साठी प्रतिशत पुरा भएको र रोपाइँ जारी रहेको किसान बबरजंग हमालले बताए। पानी नपरेको कारण पालो कुरेर पानीको ब्यवस्था गर्नु परेको कारण रोपाइँ गर्न ढिलाई भई रहेको छ। जिल्लाका केही गाउँपालिकामा पचास, केहीमा साठी र केहीमा नब्बे प्रतिशत धान रोपाइँ कार्य पुरा भएको कारण जिल्लाभर असी प्रतिशत रोपाइँ पुरा भएको र बाँकी रोपाइँ कार्य पनि जारी रहेको कृषि बिकास कार्यालयका प्रमुख चुणमणी पन्तले बताए।

    images
    images

    खडेरीको कारण गतवर्ष भन्दा रोपाइँ कार्यमा केही ढिलाई भएको बताउदै उनले सिंचाई सुविधा पुगेको भएपनि पानीको श्रोत कम हुँदा रोपाइँमा पनि ढिलो भई रहेको बताए। यस आवमा ५८५ हेक्टर जमिनमा धान रोपाइँ हुने र प्रति हेक्टर एक दशमलव १३० मेट्रिकटन उत्पादन हुने अनुमान कार्यालयले गरेको छ। हुम्लामा प्रति हेक्टर एक दशमलव ९१ उत्पादकत्व रहेको छ। हुम्लाका सात वटा गाउँपालिका मध्य नाम्खा गाउँपालिका बाहेक सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा धान पाक्ने गर्छ। जिल्लामा चङ्खेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकामा बढी धान उत्पादन हुने गर्छ। यी गाउँपालिकामा धान खेती मुख्य वालीमा पर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend