काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन प्रमुख डा. प्रताभ झा, सहलेखापाल अनिल लिम्बू र मोडक एड्भटाइजिङ प्रालिका प्रोपाइटर कौशल राज सिंह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तीनै जनाले भवन निर्माण सम्बन्धी ठेक्कामा झुटा बिल पेस गरी एक लाख २९ हजार ६६७ रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।
२०८२ जेठ २ गते बोलपत्र सूचना सार्वजनिक गरिएको देखाइए पनि त्यो कतै प्रकाशित नभएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।
उनीहरू विरुद्ध सोही बिगो माग सहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।




.gif)





