images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • दरमखोला हाइड्रोले आइपीओ खुला गरेको २...

दरमखोला हाइड्रोले आइपीओ खुला गरेको २ दिनमा २.७६ गुणा बढी आवेदन

दरमखोला हाइड्रोले आइपीओ खुला गरेको २ दिनमा २.७६ गुणा बढी आवेदन

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौंः दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ८ करोड ८ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बुधबार साँझसम्म ४० हजार ७२८ जनाले ८ लाख ८ हजार ७० कित्ताका लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा २.७६ गुणा बढी आवेदन हो ।

    images
    images

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गते मात्रै उक्त आइपीओ खुला गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । यसमा असार २३ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend