images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा सामान्य सुधार,कारोबार रकम भने...

सेयर बजारमा सामान्य सुधार,कारोबार रकम भने खुम्चियो ।

सेयर बजारमा सामान्य सुधार,कारोबार रकम भने खुम्चियो ।

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौँः यस साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार २.५५ अंकले बढेर २६०३.०८ को विन्दुमा कायम भएको हो ।

    images
    images

    आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको छ। शेयर बजारमा सुधार देखिए पनि कारोबार रकम भने लगातार खुम्चिएको छ ।

    यस दिन ७ उपसूचक राताम्य भएका छन् भने ६ उपसूचकमा छिनो सुधार देखिएको हो । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । आज सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

    images
    images

    त्यस्तैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको ३६ करोड १६ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ भने राधी विद्युत् कम्पनीको २४ करोड ८९ लाख ३८ हजार रुपैंया, सानिमा माई हाइड्रोपावरको २० करोड २० लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend