images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • विकाश हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन...

विकाश हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

विकाश हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौँः सर्वसाधारणका लागि विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले असार १८ गतेदेखि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गर्न लागेको हो।

    images
    images

    यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म पूर्ण आवेदन नआएमा आवेदन दिने अवधि साउन १ गतेसम्म लम्बिन सक्नेछ।

    कम्पनीले यसअघि गोरखा जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १६ गते आईपीओ निष्कासनको स्वीकृति दिएको हो।

    images
    images

    स्वीकृति अनुसार कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता, अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ। विकाश हाइड्रोपावरले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा निर्माण सम्पन्न गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना २०७९ साल फागुन देखि विद्युत् उत्पादनमा आइसकेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend