images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • शेयर बजारका लगानीकर्ताहरू र गभर्नर डा.विश्वनाथ...

शेयर बजारका लगानीकर्ताहरू र गभर्नर डा.विश्वनाथ पौडेलसँग भेट वार्ता

शेयर बजारका लगानीकर्ताहरू र गभर्नर डा.विश्वनाथ पौडेलसँग भेट वार्ता

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौः आइतबार शेयर बजारका सङ्गठित लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलसँग भेट वार्ता गरेका छन। भेट वार्ताकै क्रममा सङ्गठित लगानीकर्ताहरूले जम्मा तीन बुँदे माग सहितको ज्ञापन पत्र समेत बुझाए।

    images
    images

    शेयर लगानीकर्ताहरूको विभिन्न संघ सङ्गठनका प्रतिनिधिहरूसित भेट गर्दै गभर्नरले लगानीकर्ताहरूले सोध्नु अघि नै शेयर बजारको अवस्थाको बारेमा लगानीकर्ता संघ सङ्गठनका प्रतिनिधिहरूसित शेयर बजारको अवस्थाको बारेमा जिज्ञासा राखेका थिए।

    जसमा लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकले पछिल्लो समय लिएको नीतिका कारण शेयर बजार अझै तङ्ग्रिन नसकेको र ती नीतिहरूलाई खुकुलाइदिनु पर्ने भनेर अनुरोध गरे। जसमा गभर्नरले मुस्कुराउँदै सबै एकै पटक हुँदैन बिस्तारै हुँदै जान्छ भन्ने उत्तर दिए। अझै उनले शेयर बजारलाई राष्ट्र बैंकले निक्कै नजिकबाट हेरिरहेको र शेयर बजारमा लिएका नीतिहरूको विषयमा के गर्ने भनेर छलफल पनि भइरहेको बारे लगानीकर्तालाई अवगत गराए। गभर्नर त्यतिमा मात्रै रोकिएनन्, उनले अर्थतन्त्र सँगै शेयर बजार पनि सँगै जानु पर्छ भन्ने आफ्नो मान्यता रहेकोले नेपाल राष्ट्र बैंकको नीतिकै कारण शेयर बजारमा सङ्कुचन आएको भए त्यसलाई सच्याउन राष्ट्र बैंक तयार रहेकोले लगानीकर्तालाई ढुक्क हुन आग्रह गरे।

    images
    images

    लगानीकर्ताहरू सँगको भेटमा गभर्नर शेयर बजार प्रति निक्कै पोजेटिभ भएर प्रस्तुत भएका थिए। जबकि यस अघिका गभर्नरले शेयर बजारका लगानीकर्तालाई खासै महत्त्व दिने गरेका थिएनन्। यस अघिका गभर्नरले भेटको औपचारिकता मात्रै निभाउने गरेका थिए। तर यसपटक गभर्नरले लगानीकर्ता सँगको भेटमा जस्तो व्यवहार प्रस्तुत गरे त्यस्तो व्यवहार कुनै गभर्नरबाट नभएको अनुभूति लगानीकर्ताले गरेको शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले बताए।

    जसरी गभर्नरले लगानीकर्तालाई आश्वस्त पार्न खोजे तर त्यसको विपरीत बजारले प्रतिक्रिया दिइरहेको छ। लगानीकर्ताले गभर्नर भेटेर आएको दिनदेखि नै दोस्रो बजार भने नकारात्मक छ। उता शेयर बजार प्रति नेपाल राष्ट्र बैंकका गभर्नर पोजेटिभ रुपमा प्रस्तुत हुनु र यता दोस्रो बजारमा गिरावट देखिनुलाई स्वंयम् लगानीकर्ताहरूले नै बुझ्न नसकिरहेको बताएका छन्। “शेयर बजार देखि समग्र अर्थतन्त्रप्रति गभर्नर निक्कै चिन्तित देखिनु भएको थियो। आफूले गर्दा हुने सबै काम गर्ने भनेर हामीलाई आश्वस्त पार्नु भएको छ। तर शेयर बजार भने घटिरहेको छ। हामीले नै किन घटिरहेको हो बुझ्न सकिरहेका छैनौ,” फुल्लेलले भने।

    विश्वनाथ पौडेल गभर्नर भएर आए यता एक पछि अर्को लचिलो नीति लिँदै आइरहेका छन्। उनले सबैभन्दा पहिले शेयर बजारको रिस्क वेट घटाइदिए। अर्कोतर्फ व्यवसायिक क्षेत्र सँगको छलफल पछि उनले चालु पूँजी कर्जामा लचकता अपनाएका छन्। गभर्नरले मौद्रिक नीति पूर्व नै केही विषयमा सम्बोधन गरिसकेका छन्। मौद्रिक नीतिमा थप लचक हुने आशय व्यक्त गरिरहेका छन्। तर त्यस विषयलाई भने दोस्रो बजारले पूर्णरूपमा अझै पत्याउन गाह्रो मानि रहेको छ।

    लगानीकर्ताले राष्ट्र बैंकबाट अहिले जम्मा तीन कुरा मात्रै खोजिरहेका छन्। त्यो भनेको शेयर कर्जामा तोकिएको व्यक्तिगत १५ करोडको सीमा हटाइनु पर्ने। लघुवित्तलाई १५ प्रतिशत भन्दा बढी लाभांश दिनको लागि गरिएको नितिगत कडाइ खुला गरिदिनु पर्ने र  बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पूँजी कोषको पूँजी बजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए बमोजिमको सीमा कायम राख्नुपर्ने माग राखेका छन्। ती मागमा गभर्नर सकारात्मक देखिएका छन्। ती माग मौद्रिक नीति अघि नै पनि सम्बोधन हुन सक्ने वा नभए नीतिमा आउने भनेर गभर्नरले लगानीकर्तालाई आश्वस्त पारेका छन्।

    तर यी सब कुराको प्रभाव शेयर बजारमा परेको छैन। प्रभाव नपर्नुको प्रमुख कारण भनेको लगानीकर्ताले गभर्नरको आश्वासनलाई अझै पत्याएका छैनन्। जो लगानीकर्ताले गभर्नरको आश्वासनलाई नजर गरिरहेका छन्। उनीहरूले भविष्यमा पछुताउनु पर्ने बताइएको छ। “गभर्नरको आश्वासनलाई जसले पत्याएका छैनन्,उनीहरू भविष्यमा पछुताउने छन्,” फुल्लेलले विश्वासले भरिएको स्वरमा भने।

    स्मरणरहोस् गत आइतबार लगानीकर्ता छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्की (रोहन)ले गभर्नर पौडेल सँग भेट गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend