काठमाडौंः नेपाल राष्ट्र बैंकले आगोले पोलेको, पानीले भिजेको, किराले खाएको वा अन्य कारणले प्रयोग योग्य नरहेका नोटहरूको सट्टा भर्न सकिने जानकारी गराएको छ। नेपाल राष्ट्र बैंकले ‘नोट सट्टा भर्ना नियमावली, २०५९’ अनुसार यस्ता नोटहरूको सट्टा भर्न दाबी गर्न सकिने स्पष्ट पारेको हो।
बैंकका अनुसार त्यस्ता अयोग्य नोटहरूको सट्टा भर्ना गर्नका लागि नेपाल राष्ट्र बैंकमा औपचारिक दाबी पेश गर्नुपर्नेछ। तर सबै प्रकारका क्षतिग्रस्त नोट साटिने छैनन्।
डिजाइन मेटिएको, विकृत, च्यातिएको वा पचास प्रतिशत भन्दा कम भाग मात्र बाँकी रहेको नोट मात्र सट्टा भर्न योग्य हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। यस्तै, आगलागी वा दैवी प्रकोप जस्ता विशेष अवस्थामा नष्ट भएका नोटहरूको सट्टा भर्न स्थानिय तह वा प्रहरी कार्यालयको सिफारिस अनिवार्य हुने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले नागरिकहरूलाई आवश्यक कागजात सहित प्रक्रिया पूरा गरेर मात्रै नोट सट्टा भर्न निवेदन दिन अनुरोध गरेको छ। यो व्यवस्था नागरिकको आर्थिक सुरक्षाका लागि गरिएको हो ।




.gif)





