काठमाडौंः खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा सिटिन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । हाल यस हाइड्रो पावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । १०० प्रतिशत हकप्रद पछि यस कम्पनीको पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।




.gif)



