काठमाडौँः बजार परिसूचक नेप्से आज झिनो अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ०.२२ अंकले मात्र रातो भएको नेप्से २६००.५३ विन्दुमा थामिएको हो।
मंगलबार १ करोड ३८ लाख कित्ता सेयर बिक्रीपछि कारोबार ५ अर्ब ७६ करोड पुगेको छ।
यस दिन १०७ वटा सेयरको मूल्य बढ्दा १४२ वटाको घटेको छ। बढेका मध्ये ओम मेगाश्री फर्म्यास्युटिकल्सको ८.०१ प्रतिशतले सेयर बढेको छ। जुन आजको सबैभन्दा बढी वृद्धि हो।
यस बाहेक हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, पियोर इनर्जी र पाँचथर पावर कम्पनीका सेयर पनि बढेका छन्। तर एनआईसी एसिया डिबेन्चर, दोर्दी खोला हाइड्रो, थ्रिस्टार हाइड्रो, वरुण हाइड्रो लगायतका सेयर भने घटेका छन्।
कारोबार तर्फ बुटवल पावर कम्पनी अगाडि छ। कम्पनीको २७ करोडको, राधी विद्युतको २३ करोडको कारोबार भएको छ।




.gif)





