images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • भ्रष्टाचारः अस्पतालको २५ लाख गायब, तीन...

भ्रष्टाचारः अस्पतालको २५ लाख गायब, तीन जनाविरुद्ध कारबाही

भ्रष्टाचारः अस्पतालको २५ लाख गायब, तीन जनाविरुद्ध कारबाही

images
images
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालको २५ लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    images
    images

    आयोगका अनुसार मुद्दा अस्पतालका लेखा अधिकृत शंकर प्रसाद सुवेदी, करार सेवामा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही, र कुमारी बैंकको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगर विरुद्ध दायर गरिएको हो।

    अस्पतालका लेखा अधिकृत शंकर प्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैंकको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    images
    images

    अख्तियारका अनुसार, अस्पतालको सामाजिक सेवा एकाइमा कार्यरत कम्प्युटर अपरेटर शाहीले स्वास्थ्य बिमाका बिमितहरूको नाम दर्ता गर्ने क्रममा अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम सङ्कलन गरेकी थिइन् । तर, त्यसरी उठाएको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको उजुरी पछि आयोगले अनुसन्धान थालेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend