काठमाडौंः सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका माझ किन्न पाउने गरी बिक्री खुला गरेको हो।
जस मध्ये संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा रहेको २५ हजार कित्ता रहेको छ।
बैंकले यसअघि राष्ट्र बैंकको नियम अनुसार उक्त शेयर संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्री खुला गरेको थियो। तर तोकिएको समयावधि भित्र उक्त शेयरका लागि आवेदन नपरेपछि शेयर सर्वसाधारणका माझ किन्न मिल्ने गरी बिक्री खुला गरेको हो।
उक्त शेयर किन्न इच्छुक लगानीकर्ताले अबको ७ दिन भित्र काठमाडौंको नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाएर आवेदन दिनु पर्नेछ।




.gif)





