images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • व्यवसायमा पारदर्शिता ल्याउन क्युआर कोड अपनाउन...

व्यवसायमा पारदर्शिता ल्याउन क्युआर कोड अपनाउन राष्ट्र बैंकको आग्रह

व्यवसायमा पारदर्शिता ल्याउन क्युआर कोड अपनाउन राष्ट्र बैंकको आग्रह

images
images
शनिवार, आषाढ ७ २०८२
शनिवार, आषाढ ७ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले व्यवसायहरूलाई भुक्तानी प्रणालीमा मर्चेन्ट क्युआरको प्रयोग गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले बिहीवार एक चेतना मूलक भिडियो सन्देश सार्वजनिक गर्दै व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर प्रयोग गर्न नहुने स्पष्ट पारेको हो।

    images
    images

    भिडियोमा एक व्यापारीले ग्राहक सँग सामानको मूल्य व्यक्तिगत क्युआरमा पठाउन आग्रह गर्छन्। तर ग्राहकले त्यसलाई अस्वीकार गर्दै व्यापार सम्बन्धी कारोबारमा मर्चेन्ट क्युआर प्रयोग गर्नु कानूनी दायित्व भएको बताउँछन्। उनी भन्छन्, “यसको रेकर्ड बस्छ, अनि कानूनी कारबाही हुन सक्छ।”

    व्यापारीले “केही हुँदैन” भन्दै व्यक्तिगत क्युआर प्रयोग गर्न आग्रह गरे पनि ग्राहकले पसलकै मर्चेन्ट क्युआर प्रयोग गरेर भुक्तानी गर्छन्। अन्त्यमा उनले व्यापारीलाई सम्झाउँछन् कि व्यक्तिगत क्युआर मार्फत कारोबार गर्नु गैरकानूनी मात्र नभई अवैध सम्पत्ति संकलनको श्रेणीमा पनि पर्न सक्छ।

    images
    images

    नेपाल राष्ट्र बैंकको भिडियोको अन्त्यमा स्पस्ट रूपमा भनिएको छ, “वस्तु तथा सेवा वापतको भुक्तानी व्यक्तिगत क्युआरमा लिनु गैरकानूनी हो। त्यसो गर्दा तपाईले आर्जन गरेको सम्पत्ति वैधानिक हुँदैन।”

    तसर्थ, केन्द्रीय बैंकले व्यवसायीहरूलाई मर्चेन्ट क्युआरको प्रयोग गर्न आह्वान गर्दै कर प्रणाली तथा वित्तीय पारदर्शिता सुनिश्चित गर्न अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend