images

२०८३ आश्विन २५ गते

images
images
images

बैंकिङ्ग कसुर मुद्दाका फरार धिरज गुरुङ पक्राउ, उच्च अदालतको फैसला कार्यान्वयन

बैंकिङ्ग कसुर मुद्दाका फरार धिरज गुरुङ पक्राउ, उच्च अदालतको फैसला कार्यान्वयन

images
images
शनिवार, आषाढ ७ २०८२
शनिवार, आषाढ ७ २०८२
  • काठमाडौँः दुई वटा बैंकिङ कसुर सम्बन्धी मुद्दामा अदालतबाट सजाय सुनाइएकामा फरार रहेका प्रतिवादी धिरज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई असार ६ गते काठमाडौं जिल्ला अदालत, बबरमहलमा फैसला कार्यान्वयनका लागि पेश गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ।

    images
    images

    प्रेम कुमार घले लगायतको जाहेरीका आधारमा दायर बैंकिङ कसुर मुद्दा (मुद्दा नं. ०८०(C१–४९५५) मा काठमाडौं जिल्ला अदालतले २०८१ पुष ७ गते गुरुङलाई २ दिन कैद, १२ लाख ५० हजार रुपैयाँ जरिवाना तथा ५० हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउने फैसला सुनाएको थियो।

    यस्तै, सुनिल श्रेष्ठको जाहेरीमा आधारित अर्को बैंकिङ कसुर मुद्दा (मुद्दा नं. ०७५–CB–१३३६) मा उच्च अदालत पाटनले २०७७ जेठ २५ गते गुरुङलाई ७ दिन कैद, ९ लाख ४० हजार रुपैयाँ जरिवाना र ३७ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति पीडित राहत कोषमा तिर्ने फैसला सुनाएको थियो।

    images
    images

    अदालतका दुबै फैसला पछि फरार रहेका गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हालै पक्राउ गरेको हो। उनलाई २०८२ असार ६ गते अदालतमा पेश गरी सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend