images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • देउवा–गगन बालुवाटार पुगे, के भयो छलफल...

देउवा–गगन बालुवाटार पुगे, के भयो छलफल ?

देउवा–गगन बालुवाटार पुगे, के भयो छलफल ?

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौँः सत्ता साझेदार दुई दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री गगन थापालाई लिएर बालुवाटार पुगेका छन् । 

    images
    images

    सरकारका काम कारबाही प्रभावकारी बनाउने विषयलाई लिएर कांग्रेस र एमालेका नेताहरू बीच भएको छलफलमा देउवा थापालाई लिएर बालुवाटार पुगेका हुन् । थापा पछिल्लो समय सरकारको कामप्रति असन्तुष्ट रहेको बताइन्छ ।

    उनै थापालाई सहभागी गराएर भएको बैठकमा संसदमा रास्वपाको अवरोध, निजामती सेवा विधेयकमा राख्ने भनिएको कुलिङ पिरियडका साथै गठबन्धनलाई प्रभावकारी ढंगले अघि बढाएर जानेबारे छलफल भएको थियो । 

    images
    images

    सो बैठकमा कांग्रेसबाट देउवा र  थापा सहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र ऊर्जामन्त्री दीपक खड्काको सहभागिता थियो ।

    यस्तै एमालेबाट प्रधानमन्त्री केपी ओलीका साथै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend