काठमाडौँः यस सात आज बुधबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । दुईदिन वृद्धि देखिएको शेयर बजारमा लगातार दुई दिन गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा कायम भएको छ। आज ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ७ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक विकास बैंकको शेयर मूल्य घटेको हो ।
त्यस्तै,आज पियोर इनर्जी लिमिटेडको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ९७.५० रुपैंया कायम भएको छ।
साथै,आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७४ करोड ९६ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ। भने बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै आज ङादी ग्रुप पावर कम्पनीको ४६ करोड ११ लाख ३२ हजार रुपैंया, राधी विद्युत कम्पनीको ३८ करोड १८ लाख ५२ हजार रुपैयाँ, सोल्टी होटलको ३० करोड २९ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।




.gif)





