images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट ९० अर्ब...

राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँको तरलता संकलन

राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँको तरलता संकलन

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौंः ४ असार, नेपाल राष्ट्र बैंकले बुधवार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट फेरि पैसा खिच्न लागेको हो ।

    images
    images

    यसका लागि बुधवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    images
    images

    यो ३५ दिने निक्षेप संकलन उपकरणको साउन ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend