काठमाडौं ।नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले `टाटा विङ्गरको धमाकेदार अफर´ ल्याएको छ ।
यस योजनाअन्तर्गत अब २० प्रतिशत डाउन पेमेन्टमा विङ्गर खरिद गर्न सकिनेछ।जसमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७० प्रतिशतसम्मको फाइनान्स सुविधा रहेको कम्पनीले जनाएको छ ।
यस योजनाले मासिक रु. ६० हजारदेखिको सरल किस्ताबन्दीमा ग्राहकले आफ्नो व्यवसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्ने छन् । अत्यन्तै लाभदायक यो योजना यही अगस्ट महिनाभरि उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ।
यसै क्रममा टाटा मोर्टसले हालै रि-लञ्च गरेको टाटा विङ्गर १३+D BS6 नयाँ मोडेलको विङ्गर छोटो तथा लामो दूरीको लागि अत्यन्तै किफायती, आरामदायी तथा फाइदामूलक रहेको छ ।




.gif)





