images

२०८३ आश्विन २७ गते

images
images
images

नेप्से घट्यो, लगानीकर्ताको झुकाव लघुवित्ततर्फ

नेप्से घट्यो, लगानीकर्ताको झुकाव लघुवित्ततर्फ

images
images
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौंः ३ असार, आज (मंगलबार) सेयर बजारमा कारोबार रकममा भारी गिरावट आउँदा नेप्से परिसूचक पनि सामान्य अंकले घटेको छ। यद्यपि, बजारको समग्र प्रवृत्ति विपरीत लगानीकर्ताहरूको आकर्षण भने लघुवित्त समूहमा केन्द्रित भएको छ, जसले पछिल्ला दिनहरूमा हाइड्रोपावर र होटलमा देखिएको लगानीको लहरमा परिवर्तनको सङ्केत गरेको छ।

    images
    images

    मंगलबार नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा बन्द भयो। सोमबार १३ अर्ब रुपैयाँ नाघेको कारोबार रकम आज ७ अर्ब ६५ करोडमा खुम्चिएको छ।

    यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले बढ्यो। नेप्सेमा सूचीकृत ५० मध्ये ४५ वटा लघुवित्त कम्पनीको सेयरमूल्य बढ्दा समग्र समूह नै सकारात्मक देखिएको हो।
    विपरीत, केही दिनयता चम्किएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५८ प्रतिशतले घट्यो। कुल १३ उपसमूहमध्ये लघुवित्त, हाइड्रोपावर र व्यापार बाहेक १० वटै समूहको परिसूचक राताम्मे रह्यो।

    images
    images

    कम्पनीगत रूपमा, पियोर इनर्जीको सेयर मूल्यमा लगातार ११औँ दिन पनि १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बुटवल पावर कम्पनीको मूल्य करिब ८ प्रतिशत र सामुदायिक लघुवित्तको ७ प्रतिशतभन्दा बढीले बढ्यो। अर्कोतर्फ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ४.६२ प्रतिशतले घट्न पुग्यो।

    कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर ९७४ करोड (६ लाख), बुटवल पावर कम्पनी (६० करोड) र ङादी ग्रुप पावर (४६ करोड) क्रमशः शीर्ष तीन स्थानमा रहे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend