काठमाडौंः असार ३, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिक्त सञ्चालक समितिमा विलसन मान रंजित नियुक्त भएका छन्। कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
उनी बाँकी रहेको कार्यकालका लागि सञ्चालक पदमा नियुक्त भएका हुन्। कम्पनीले उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट पारित गरिने जनाएको छ।




.gif)



