images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • ग्राहकसँग ठगी गर्ने बैंकहरूलाई क्षमा छैनः...

ग्राहकसँग ठगी गर्ने बैंकहरूलाई क्षमा छैनः गभर्नर पौडेल

ग्राहकसँग ठगी गर्ने बैंकहरूलाई क्षमा छैनः गभर्नर पौडेल

images
images
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई ठगी गरेमा तत्काल कडा कारबाही हुने उल्लेख गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू सँग जनकपुरधाममा आयोजित छलफलमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

    images
    images

    उनले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वाहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरुन्त कारवाही गर्ने उल्लेख गरेका छन्।

    धनुषाका व्यापारीहरुले विगतमा बैंकहरुले धित्तो राखि ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी धित्तो निलाम गरेको गुनासो गरेका थिए ।

    images
    images

    छलफलमा धनुषाका व्यवसायीहरुले कम रकमको ऋण लिन आउने साना व्यवपारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो समेत राखेका थिए ।

    गभर्नर डा.पौडेलले गम्भीरता जनाउँदै बैंकहरुलाई जोसुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न निर्देशन दिए । उनले बैंकहरुलाई ऋण लिन आउने जोसुकै सँग राम्ररी व्यवहार गर्न र ग्रामीण भेगका किसान र अशिक्षित ग्राहकहरुका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend