images

२०८३ आश्विन २६ गते

images
images
images

२४ घण्टामा बैंक निक्षेपमा देखियो ५ अर्बको गिरावट

२४ घण्टामा बैंक निक्षेपमा देखियो ५ अर्बको गिरावट

images
images
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौंः पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेपमा एकै दिनमै ५ अर्ब रुपैयाँको गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको जेठ २८ र २९ गतेको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा संकलित निक्षेपमा उल्लेखनीय गिरावट देखिएको हो।

    images
    images

    जेठ २८ गते बैंकिङ प्रणालीमा कुल ६९ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। तर भोलिपल्ट, जेठ २९ गते, सो निक्षेप १५ अर्ब घटेर ६९ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ।

    त्यसैगरी, वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि गिरावट देखिएको छ। जेठ २८ मा ६२ खर्ब ४९ अर्ब रुपैयाँ संकलन गरिएको थियो भने जेठ २९ मा यो रकम ६ अर्ब घटेर ६२ खर्ब ४३ अर्बमा झरेको छ।

    images
    images

    यद्यपि, सो अवधिमा कर्जा प्रवाह भने स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार जेठ २८ र २९ दुबै दिन बैंकिङ प्रणालीबाट ५५ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।

    वाणिज्य बैंकहरूले पनि दुवै दिन ४९ खर्ब ४० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह कायम राखेका छन्। सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७८.५१ प्रतिशत रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend