images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा उत्साहजनक कारोबार, होटल सेयरप्रति लगानीकर्ता...

नेप्सेमा उत्साहजनक कारोबार, होटल सेयरप्रति लगानीकर्ता आकर्षित

नेप्सेमा उत्साहजनक कारोबार, होटल सेयरप्रति लगानीकर्ता आकर्षित

images
images
सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • काठमाडौँः सोमबार सेयर बजारमा कारोबार रकमले साढे ३ महिना यताकै कीर्तिमान बनाएको छ । बजारमा कुल १३ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भयो, जुन गत फागुन १९ गते यताकै उच्च हो ।

    images
    images

    उच्च कारोबारका बीच नेप्से परिसूचक भने २.८० अंकको सामान्य वृद्धिमा सीमित हुँदै २६५८ मा बन्द भयो । बजारमा आज कुल १२४ कम्पनीको सेयर मूल्य बढ्दा ठीक त्यति नै संख्याका (१२४) कम्पनीको मूल्य घट्यो, जसले गर्दा परिसूचकमा ठूलो उतारचढाव देखिएन ।

    आजको बजारको मुख्य आकर्षण होटल तथा पर्यटन समूह रह्यो, जुन सर्वाधिक ४।६९ प्रतिशतले बढ्यो । यसअघिका दिनमा लगातार बढेको जलविद्युत समूहमा भने आज १.०० प्रतिशतको गिरावट देखियो । फाइनान्स समूह सबैभन्दा धेरै १.२२ प्रतिशतले घट्यो ।

    images
    images

    मूल्य वृद्धिमा पियोर इनर्जी र पिपुल्स पावरले १० प्रतिशतको सकारात्मक सर्किट छोए । त्यस्तै, सोल्टी होटलको ६.३० प्रतिशत र ओरियन्टल होटलको ५.१३ प्रतिशतले मूल्य बढ्यो ।

    उता, अपरहेवाखोला हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् अग्रस्थानमा रहे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend