काठमाण्डौः नेपाल राष्ट्र बैंकले आज देखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलन चल्तीमा ल्याएको छ ।
साविककै आकार तथा रङ्गमा नोट चलन चल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ।




.gif)





