images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा...

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा ६.२ प्रतिशत वृद्धि

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा ६.२ प्रतिशत वृद्धि

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं– चालू आर्थिक वर्षको दश महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ अर्ब ९९ अर्ब ८१ करोड अर्थात् ६.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निक्षेपमा वृद्धि देखिएको हो । 

    images
    images

    गत वर्ष समीक्षा अवधिमा यस्तो निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड अर्थात् ७.८ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा भने वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ।

    २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.५ प्रतिशत, ३५.९ प्रतिशत र ५०.८ प्रतिशत रहेको छ। गत वर्ष यस्तो अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको थियो। यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्षको समीक्षा अवधिमा ३५.७ प्रतिशत रहेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend