काठमाडौं । बजारमा गाजरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले गाजरको भाउ बढेको देखाएको हो ।कालीमाटी बजारमा लोकल र तराई गरी २ प्रकारका गाजर किन्न पाइन्छ ।
आज आइतबार लोकल गाजर प्रतिकिलो थोक मूल्य ६५ देखि अधिकतम ७५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य शनिबारको तुलनामा १० रुपैयाँ बढी हो । शनिबार लोकल गाजर प्रतिकिलो थोकमा न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै तराई गाजर आज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
जेठको पहिलो सातादेखि गाजरको भाउ क्रमिक रूपमा बढ्न थालेको देखिन्छ । ९ जेठमा प्रतिकिलो न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँमा कारोबार भएको गाजर ११ जेठमा प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।




.gif)





