images

२०८३ आश्विन २० गते

images
images
images

गण्डकीका चार जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

गण्डकीका चार जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौँ  गण्डकी प्रदेशको तनहुँ, बागलुङ, म्याग्दी र मनाङलाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि चारवटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो । प्रदेशका बाँकी सात जिल्ला पनि पूर्णखोप सुनिश्चितताको अभियानमा जुटेका छन् । आगामी असारभित्रमा ती जिल्ला पनि पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा घोषणा हुने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तनहुँ र बागलुङलाई शुक्रबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । म्याग्दीलाई गत वैशाख २८ गते र मनाङलाई यही जेठ ७ गते घोषणा गरिएको थियो । पहिलोपटक २०७५ सालमा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो । 

    images
    images

    जिल्ला खोप समन्वय समिति बागलुङका सदस्यसचिव घनश्याम सापकोटाले जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको बताउनुभयो । जिल्लाका तीन हजार ५५२ बालबालिकाले उमेरअनुसार पाउनुपर्ने सबै खोप पाएको उहाँको भनाइ छ । “कुनै पनि बालबालिका खोपबाट वञ्चित नभएको अवस्थामा पूर्णखोप सुनिश्चित घोषणा गर्ने गरिएको छ, घोषणासँगै यसको दिगोपनाका लागि हरेक वर्ष खोप अभियान सञ्चालन हुने गर्छ”, उहाँले भन्नुभयो । खोप लगाउनबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनेर खोजीखोजी खोप लगाउने गरिएको सदस्यसचिव सापकोटाले बताउनुभयो । 

    गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले खोप कार्यक्रम तीनै तहका सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । नियमित खोप पाउनु बालबालिकाको अधिकार रहेकाले उनीहरूलाई खोप दिलाउनु राज्यको दायित्व रहेको उहाँको भनाइ छ । माृत तथा नवजातशिशु मृत्युदर घटाउन पूर्णखोप अभियानले सहयोग पुर्याइरहेको मन्त्री पाठकले बताउनुभयो । प्रदेशका झन्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको उल्लेख गर्दै उहाँले सबै जिल्ला घोषणा भएपछि गण्डकीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने बताउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend