images

२०८३ आश्विन २० गते

images
images
images

तरबुजा बेचेर १२ लाख रूपैयाँ आम्दानी

तरबुजा बेचेर १२ लाख रूपैयाँ आम्दानी

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेतीमा सम्लग्न छन्। विगतमा बालुवै बालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ। बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउँछन्।

    images
    images

    कृषि विषय पढेका उनी आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताउँछन्। उनले भने, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले सात वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एक साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि दुई वर्षदेखि गर्दै आएका छौँ।”यसबाट राम्रो आम्दानी भइरहेको उनले बताए । दाङ एग्रोमार्ट कृषि फार्म मार्फत व्यवसाय गर्दै आएका छन्।घुस्रामा साढे चार बिघा जग्गा तरबुजाखेतीका लागि भाडामा लिएको उनले बताए। उक्त जग्गाको ८० हजार रूपैयाँ तिर्ने गरेर तीन महिना अवधिका लागि जग्गा भाडामा लिएर तरबुजाखेती गर्दै छन्।

    अहिले आहाना, सरस्वती र विशाला जातको तरबुजा ५० रूपैयाँ किलोका दरले र आरोही ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताउँछन्। अहिले दैनिक एक हजार किलो बिक्री हुन्छ। हालसम्म आधाभन्दा बढी बिक्री गरिसकेको उनले बताए। बाहिर देशबाट सस्तोमा भित्रिँदा स्थानीय किसान मारमा पर्ने गरेको उनको भनाइ छ। गत वर्ष १२ लाख रूपैयाँको कारोबार गरेको उनले बताए।यस वर्षको हालसम्म पाँच लाख रूपैयाँको कारोबार गर्न सफल भएको उनी बताउँछन्। “सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ”, किसान वलीले भने। स्वदेशमै आत्मनिर्भर हुन कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उनले बताए।

    images
    images

    उनले भने, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुने छ। कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उनी बताउँछन्।दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुगेका घोराही –१४ का अर्जुन केसी गर्मीको समयमा यसको महत्त्व धेरै भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उनी बताउँछन्। आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उनी अनुराेध गर्छन्। खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्न सके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend