images

२०८३ आश्विन २६ गते

images
images
images

आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छ ?

आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छ ?

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौँ । वाणिज्य बैंकहरुले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । असार महिनाका लागि अधिकांश बैंकले ब्याजदर घटाएका छन् । तर नबिल, प्रभु र हिमालयन बैंकले ब्याजदर यथावत राखेका छन् ।

    images
    images

    कुन बैंकको कति ब्याजदर ?

    • एनएमबि बैंक

    एनएमबि बैंकले व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६० प्रतिशतबाट घटाएर ६.०० प्रतिशतमा  मा झारेको छ । त्यस्तै, एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० प्रतिशतबाट घटाएर ३.०० प्रतिशतमा झारेको छ ।

    images
    images
     
    • सिटिजन्स बैंक

    सिटिजन्स बैंकले बचतको माथिल्लो सीमा ४.५० प्रतिशतबाट ४.०० प्रतिशतमा झारेको छ । साथै, एक वर्षे व्यक्तिगत मुद्दती ५.५० प्रतिशत बाट ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती ३.१५ प्रतिशतबाट ३.०० प्रतिशतमा घटाएको छ ।

    • ग्लोबल आइएमई बैंक

    ग्लोबल आइएमई बैंकले बचतको माथिल्लो ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा सीमित गरेको छ ।

     

     

    • कुमारी बैंक

     कुमारी बैंकले व्यक्तिगत मुद्दती, संस्थागत मुद्दती र एक वर्षे मुद्दती लगायतका सबैजसो शीर्षकमा ब्याजदर घटाएको छ ।

    • सानिमा बैंक

    सानिमा बैंकले बचतको ब्याजदर ५.०३ प्रतिशतबाट घटाएर ४.०३ प्रतिशतमा झारेको छ भने एक वर्षे व्यक्तिगत मुद्दती ४.८० प्रतिशतबाट ४.६० प्रतिशतमा घटाएको छ ।

    • एनआईसी एसिया बैंक

     एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६०प्रतिशतबाट ६.५५ प्रतिशत र संस्थागत मुद्दतीको माथिल्लो सीमा ५.६० प्रतिशतबाट ५.५५ प्रतिशत झारेको छ ।

    • कृषि विकास बैंक

    कृषि विकास बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ४.०० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा झारेको छ । तर, २ वर्षभन्दा माथिको संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ३.२५ प्रतिशतबाट बढाएर ४.४५ प्रतिशत पुर्‍याएको छ । यसले बैंक दीर्घकालीन निक्षेप आकर्षित गर्न खोजेको देखिन्छ ।

    • राष्ट्रिय वाणिज्य बैंक

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको ब्याजदर ३.०० देखि ३.२५ प्रतिशतको दायराबाट बढाएर ३.०० देखि ४.५० प्रतिशत पुर्‍याएको छ । साथै, एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० प्रतिशत बाट बढाएर ५.०० प्रतिशत पुर्‍याएको छ ।

     

    • माछापुच्छ्रे बैंक

    माछापुच्छ्रे बैंकले एक वर्षे संस्थागत मुद्दतीको ब्याज ३.५० प्रतिशत बाट ३.०० प्रतिशतमा घटाए पनि बचत खाताको माथिल्लो सीमा ५.०० प्रतिशतबाट बढाएर ६.०० प्रतिशत पुर्‍याउँदै बचतकर्तालाई आकर्षित गर्ने प्रयास गरेको छ ।

    • लक्ष्मी सनराइज बैंक

    लक्ष्मी सनराइज बैंकले एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याजदरमा उल्लेख्य वृद्धि गरेको छ । जेठमा ३.५० प्रतिशत रहेको ब्याजदरलाई असारमा ५.०० प्रतिशत पुर्याइएको छ । तर, एक वर्षे संस्थागत मुद्दतीको ब्याज भने ३.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशतमा झारेको छ ।

    • नेपाल बैंक 

    नेपाल बैंकले एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याजदर ४.०० प्रतिशतबाट बढाएर ४.५० प्रतिशत पुर्‍याएको छ । यीबाहेक केही बैंकहरुको ब्याजदर सामान्य मात्रै परिवर्तन भएका छन् । 

    • एभरेस्ट बैंक 

    एभरेस्ट बैंकले बचत खाताको ब्याजदरको रेञ्जलाई ब्याजदर ३.०५ देखि ४.०५ प्रतिशतबाट ३.०० देखि ३.०५ प्रतिशतमा झारेको छ । त्यस्तै, व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६४ बाट ६.५५ प्रतिशत र संस्थागत मुद्दतीको माथिल्लो सीमा ५.६४ प्रतिशतबाट ५.५५ प्रतिशतमा झारेको छ । 

    • प्राइम कमर्सियल बैंक

    प्राइम कमर्सियल बैंकले बचतको तल्लो सीमा ३.०० बाट ३.०१ प्रतिशत र माथिल्लो सीमा ४.९५ प्रतिशतबाट ४.९६ प्रतिशत पुर्‍याएको छ । संस्थागत मुद्दतीको ब्याजदर ३.२५ देखि ३.५० प्रतिशतबाट ३.०० देखि ३.३५ प्रतिशतमा र एक वर्षे संस्थागत ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा परिवर्तन गरेको छ ।  

    • नेपाल एसबिआई बैंक

    नेपाल एसबिआई बैंकले बचतको तल्लो सीमा ३.०१ प्रतिशत बाट ३.०० प्रतिशतमा र माथिल्लो सीमा ३.२० प्रतिशतबाट ३.१० मा झारेको छ। त्यस्तै व्यक्तिगत मुद्दतीको तल्लो सीमा ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा र एक वर्षे व्यक्तिगत ४.१५ बाट ४.१० प्रतिशतमा घटाइएको छ । एक वर्षे संस्थागत ब्याजदर ३.१५ प्रतिशतबाट ३.१० प्रतिशतमा झारिएको छ । 

    • स्ट्यान्डर्ड चार्टर्ड बैंक

     स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीको ब्याजदर ३.०० देखि ३.२५ प्रतिशतबाट घटाएर सबै खातामा ३.०० प्रतिशत ब्याजदर कायम गरेको  छ । साथै, एक वर्षे संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट ३.०० प्रतिशतमा झारेको छ । 

    • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागत मुद्दतीको माथिल्लो सीमा ४.५० प्रतिशतबाट घटाएर ४.०० प्रतिशतमा झारेको छ । 

    • सिद्धार्थ बैंक

    सिद्धार्थ बैंकले संस्थागत मुद्दतीको तल्लो सीमा तथा एक वर्षे संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट घटाएर३.०० प्रतिशतमा घटाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend