images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्से सूचकांक १४.४२ अंकले बढ्यो यो...

नेप्से सूचकांक १४.४२ अंकले बढ्यो यो साता कुन दिनको कारोबार कति ?

नेप्से सूचकांक १४.४२ अंकले बढ्यो यो साता कुन दिनको कारोबार कति ?

images
images
शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • काठमाडौंः यो साता नेप्से परिसूचक १४.४२ अंकले बढेर २६५५.३८ विन्दुमा आईपुगेको छ। गत साता २६४०.९६ विन्दुमा बन्द भएको नेप्से यो साता १४.४२ अंकले बढेर २६५५.३८ को विन्दुमा पुगेको हो ।

    images
    images

    यस साता सबै कारोबार दिन बजार खुल्यो । जस मध्ये दुई कारोबार दिन बजार बढ्दा तीन कारोबार दिन बजारमा गिरावट आएको थियो । 

    यस साता औसतमा दैनिक  ७ अर्ब २६ करोड माथिको कारोबार भएको थियो । आइतबार ९ अर्ब १३ करोडको, सोमबार ८ अर्ब ६८ करोडको कारोबार हुँदा मंगलबार १० अर्ब १६ करोडको कारोबार भयो । त्यस्तै, बुधबार ९ अर्ब ९० करोडको कारोबार भएको बजारमा बिहीबार भने १२ अर्ब ५१ करोडको कारोबार भयो ।

    images
    images

    साताको पहिलो कारोबार दिन नेप्से ११.०६ अंकले घटेर २६२९.८९ कोको विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको थियो ।

    साताको दोस्रो कारोबार दिन नेप्से २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो ।

    साताको तेस्रो कारोबार दिन नेप्से २५.०७ अंकले बढेर २६७८.१७को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।

    साताको चौथो कारोबार दिन नेप्से १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो । 

    साताको अन्तिम कारोबार दिन नेप्से ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको थियो । यो साता कुल बजार पुँजीकरण बढेर ४४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend