images

२०८३ आश्विन २६ गते

images
images
images

असार महिनाको नयाँ ब्याजदर सूची, कुन बैंकको कति ?

असार महिनाको नयाँ ब्याजदर सूची, कुन बैंकको कति ?

images
images
शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • काठमाडौंः बैंकहरुले असारमा लागू हुने नयाँ ब्याजदर घोषणा गरेका छन्। बैंकहरुले जेठ ३१ सूचना सार्वजनिक गर्दै असारका लागि ब्याजदर घोषणा गरेका हुन्।

    images
    images

    असारका लागि ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाएर कुमारी बैंकले ५.९१ बाट ५.७१ प्रतिशतमा, प्रभु बैंकले ६.६१ बाट ६.१० प्रतिशतमा, एभरेस्ट बैंकले ६.६४ बाट ६.५५ प्रतिशतमा झारेका हुन् । त्यस्तै, एनएमबि बैंकले ६.६ बाट ६ प्रतिशतमा र एनआईसी एसिया बैंकले ६.६ बाट ६.५५ प्रतिशतमा कायम गरेका छन्।

    यसैगरी असारका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्नेमा १४ वाणिज्य बैंक रहेका छन् । जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.४५ प्रतिशत, सिजिटन्स बैंकले ५.६५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिएका थिए। यी बैंकले असारका लागि पनि यही ब्याजदर  निर्धारण गरेका हुन्।

    images
    images

    राष्ट्रियस्तरका विकास बैंकहरुमा एक बैंकले ब्याजदर बढाउँदा एकले भने बढाएको छ । जसमा सांग्रिलाले भने ब्याजदर ६.२५ प्रतिशतलाई घटाएर ६.१६ प्रतिशत कायम गरेको छ भने महालक्ष्मीले ६ प्रतिशतबाट बढाएर ६.१५ प्रतिशत कायम गरेको छ।
     
    यस्तै, राष्ट्रियस्तरका ६ बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सुचना अनुसार कामना सेवा, ज्योति, गरिमा, लुम्बिनी, मुक्तिनाथ र गरिमाले जेठकै व्यक्तिगत मुद्दति निक्षेप अधिकतम ब्याजदर ६.५० प्रतिशतलाई असारमा निरन्तरता दिएका हुन्।

    असार २०८२ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेका नयाँ ब्याजदरहरू तल प्रस्तुत गरिएको छ:

    बैंकको नाम ब्याजदर (%)
    कृषि विकास बैंक ५.६६
    एभरेष्ट बैंक ५.७५
    नेपाल एसबीआई बैंक ६.३
    लक्ष्मी सनराइज बैंक ६.५
    स्ट्यान्डर्ड चार्टर्ड बैंक ७
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७
    नबिल बैंक ७
    सिद्धार्थ बैंक ७
    माछापुच्छ्रे बैंक ७
    प्रभु बैंक ७
    हिमालयन बैंक ८.२५
    ग्लोबल आइएमई बैंक ६.२५
    कुमारी बैंक ६.७१
    प्राइम कमर्सियल बैंक ६.५०
    नेपाल बैंक ६.२५
    सानिमा बैंक ६.४
    एनएमबी बैंक ७.५३
    एनआईसी एसिया बैंक ७.५३
    सिटिजन्स बैंक ६.७५
    राष्ट्रिय वाणिज्य बैंक ६.२१

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend