images

२०८३ आश्विन १६ गते

images
images
images

इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय

इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • यहाँको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आउनुभएको छ । पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गर्नुभएको हो । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उहाँले बताउनुभयो ।“वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ”, मल्लले भन्नुभयो, “पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ ।” फर्म दर्तापूर्व नै २० घार मौरीपालन गर्दै आउनुभएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पु¥याउनुभयो । फर्ममा हाल २०० बढी घार रहेका छन् । 

    images
    images

    जङ्गलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । जङ्गलको मह प्रतिकेजी रु एक हजार ५०० र तोरीको मह प्रतिकेजी रु एक हजारका दरले बिक्री हुने गरेको मल्लले बताउनुभयो । “चालु आर्थिक वर्षमामात्रै फर्मबाट एक हजार केजी मह बिक्री गरेको छु । त्यसबाट रु १३ लाख आम्दानी भयो । यसबाहेक प्रतिफ्रेम मौरीको रु ८०० का दरले र टुनीको घारसहित रु नौ हजारका दरले बिक्री गर्ने गरेका छौँ । चालु आवमा ३०० फ्रेम मौरी बिक्रीबाट रु दुई लाख ४० हजार आम्दानी भएको छ”, उहाँले सुनाउनुभयो ।

    फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इञ्जिनियर मल्लसँगै हाल अन्य दुई जनाले पनि उहाँलाई साथ दिनुभएको छ । स्थापनाकालदेखि हालसम्म रु २५ लाख लगानी भएको उहाँले बताउनुभयो । “यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “उद्यमशिलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएको हुँ ।” 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend