images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ग्लोबल...

माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ग्लोबल आइएमई र लक्ष्मी सनराइज बैंकले लगानी गर्ने

माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ग्लोबल आइएमई र लक्ष्मी सनराइज बैंकले लगानी गर्ने

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • माथिल्लो मेवा खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा ३१.९२ मेगावाट क्षमताको आयोजनाका लागि लगानी जुटेको हो । उक्त आयोजनाका लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । आयोजनाको प्रवर्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौताअनुसार आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी हुनेछ । 

    images
    images

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन् । 

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन बढ्नुका साथै निर्यात प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो आयोजना ताप्लेजुङको माथिल्लो मेवा खोलामा निर्माण हुने छ । उक्त आयोजनाको लागत ६ अर्ब ३७ करोड रुपैयाँ अनुमान गरिएको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने बताइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend