images

२०८३ आश्विन २६ गते

images
images
images

दश महिनामा वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा, १० वटाको भने घट्यो

दश महिनामा वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा, १० वटाको भने घट्यो

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ५ अर्ब ६० करोड कमाएको छ ।सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले वैशाख मसान्तसम्ममा ५ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ ।

    चालू आवको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुमध्ये १० वटाको नाफामा गिरावट आएको छ । एनआईसी एसिया, हिमालयन बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत १० बैंकको नाफा घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend