images

२०८३ आश्विन १८ गते

images
images
images

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  •  गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।इच्छाकामनाका उर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र  इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् । होटल व्यवासयी सङ्घका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् ।  “चितवनका तराई क्षेत्रमा गर्मी बढ्दोे छ तर यहाँ गर्मीको महशुस नै हुदैँन जाडो छ”, पूर्वअध्यक्ष ढकालले भन्नुभयो ।   

    images
    images

    गर्मी बढेसगैँ मायाटारसहित उर्दाङगढी, घुर्केश हात्तीवाङलगायत गाउँका घरबास भरिभराउ छन् । इच्छाकामना– २ मायाटारमा घरबास सञ्चालन गर्दै आउनुभएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुयभो, “यहाँ बाह्रै महिना पर्यटकहरु आउने गर्छन् तर गर्मी मौसम आन्तरिक पर्यटककको चाप बढ्ने गरेको छ ।”

    उहाँका अनुसार गत बर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताउनुभयो ।  हाल घुर्केशमा १४ र मायाटारमा दुई वटा घरबास सञ्चालनमा रहेका जानकारी दिँदै  इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका क्षेत्रका  पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा  सहयोग गर्दै आएको बताउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend