images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र...

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिदै, ७७ जनाको मृत्यु

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिदै, ७७ जनाको मृत्यु

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। स्वास्थ्य विभागका अनुसार, देशका ३० राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय संक्रमितको संख्या ७ हजार १५४ पुगेको छ।पछिल्लो एक हप्तामा हरेक दिन औसतमा ४०० नयाँ संक्रमित थपिने गरेका छन्। पछिल्लो एक हप्तामा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ।

    images
    images

    नयाँ भेरियन्टका कारण अहिलेसम्म कुल ७७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टा ९बुधबार० मा मात्र ४ जनाको मृत्यु भएको छ। यसमध्ये महाराष्ट्रमा २ जना तथा मध्य प्रदेश र पश्चिम बंगालमा १-१ जना बिरामीको मृत्यु भएको छ। महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा धेरै २१ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।देशभर बढ्दो संक्रमणका घटनाहरूबीच राज्य सरकारहरूले सतर्कता अपनाउन थालेका छन्।

    गुजरातका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले बुधबार रुघाखोकी, खोकी वा घाँटी दुख्नेजस्ता लक्षण देखिएका व्यक्तिहरूलाई घरमै क्वारेन्टाइनमा बस्न र सार्वजनिक स्थानमा नजान आग्रह गरेका छन्। राज्य सरकार संक्रमण नियन्त्रणका लागि केन्द्र सरकारसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले बताए।सबैभन्दा धेरै सक्रिय संक्रमित केरलामा रहेका छन्, जहाँ २ हजार १६५ जनाको उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले सबैलाई सावधानी अपनाउन र लक्षण देखिएमा परीक्षण गराउन आह्वान गरेका छन्।देशमा कोरोनाभाइरसका संक्रमित र मृतकको संख्या बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नका लागि सबै मन्त्रीहरूलाई पीसीआर परीक्षण अनिवार्य गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend